वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालबाटै

1 April, 2026

वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालबाटै हुने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन र नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयन गर्दै सरकारी स्वामित्वका स्वास्थ्य संस्थाहरूलाई पनि सूचीकरण गर्ने प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयको यही चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने सरकारी तथा सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाहरूका लागि सूचीकरण खुला गरिएको छ।

‘वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने’ निर्णयमा उल्लेख छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024