वैदेशिक रोजगारीमा जानु अगाडि दिइने अभिमुखीकरण तालिम नि:शुल्क बनाइने

29 May, 2024

अर्थमन्त्री वर्षमान पुनले वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई नि:शुल्क बनाइने घोषणा गरेका छन्।

आगामी आर्थिक वर्ष २०८१ ८२को बजेट प्रस्तुत गर्दै पुनले आगामी आर्थिक वर्ष थप तीन वटा गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने बताए।

उनले श्रमिकलाई सीपयुक्त बनाएर पठाउन जोड दिइने पनि उल्लेख गरे।

वैदेशिक रोजगारीमा गएका श्रमिकका आश्रित परिवारलाई कल्याणकारी कोषबाट दिइने लाभको दायरा पनि बढाइने बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024