वैदेशिक रोजगारीका नाममा अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

12 June, 2024

काठमाडौं : वैदेशिक रोजगारीका नाममा अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-४ सितापाइलाका १८ वर्षीय अंकित बस्नेत रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रविन्द्र रेग्मीका अनुसार सामाजिक सञ्जालहरूको प्रयोग गरेर उनले ५ लाख रुपैयाँ ठगी गरेका थिए।

उनले कम्बोडियाको विज्ञापन राखेर इभिसा लगाइदिने र त्यहाँ पुगेपछि वर्क पर्मिट निकाली वर्क भिसा गराइदिने भनेर विश्वास दिलाएर रकम आफ्नो खातामा जम्मा गर्न लगाएका थिए।

उनलाई कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024