वैदेशिक रोजगारमा पठाइदिने भन्दै ३ लाख ठगी, २ जना पक्राउ

7 October, 2024

काठमाडौं : वैदेशिक रोजगारमा लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दार्चुलाको व्यास नगरपालिका-३ घर भई काठमाडौंको कीर्तिपुर बस्ने २७ वर्षीय हरक सिंह धामी र धादिङको ज्वालामुखी गाउँपालिका-४ घर भई हाल ललितपुर बस्ने ३३ वर्षीय हरि रम्तेल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई लगायतका देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। धामीले एक लाख ४० हजार र रम्तेलले एक लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अंगुर जिसीले बताए।

उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सूचना अधिकारी जिसीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024