वैदेशिक रोजगारमा ठगेर फरार अजय पक्राउ

9 February, 2020

वैदेशिक रोजगार ठगीमा चार वर्ष ६ महिना कैद सजाय सुनाइएका फरार अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुर सूर्यविनायक वडा नम्बर ७ घर भई हाल काठमाडौं-२६ रानीबारी बस्दै आएका ३७ वर्षीय अजय तामाङलाई पक्राउ गरेको हो।

वैदेशिक रोजगार कसुरको तीन थान मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर ४ गतेको फैसलाले अजय तामाङ्लाई जम्मा ४ वर्ष ६ महिना कैद र ४ लाख ५० हजार रूपैयाँ जरिवाना हुने ठहर गरेको थियो।

तामाङले वैदेशिक रोजगारीका लागि जापान पठाउने भनी विभिन्न व्यक्तिलाई ठगेको जाहेरी परेको थियो। तामाङलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत लगिएकोमा अदालतले डिल्लीबजार कारागार चलान गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024