‘वैदेशिक रोजगारका सबै खाले सिन्डिकेट तोडिन्छ’

20 March, 2018

प्रकाश ढुंगाना

 

श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारका क्रममा देखिएका सबै खाले सिन्डिकेट हटाउने बताएका छन्।  मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले वैदेशिक रोजगारका क्रममा देखिएका सबै खाले सिन्डिकेट हटाउने प्रतिबद्धता जनाएका हुन्।

 

‘कुनै पनि नामका सिन्डिकेट अब तोडिन्छ,’ मन्त्री विष्टले भने, ‘म्यानपावर क्षेत्र अब सिन्डिकेट मुक्त, प्रतिष्प्रर्धा, पारदर्शी हिसावले संचालन हुन्छ। ‘

 

अहिले वैदेशिक रोजगारमा विदेश जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा चर्को सिन्डिकेट छ। विदेश जाने कामदारलाई तोकिएका स्वास्थ्य संस्थाहरुबाट मात्र स्वास्थ्य परीक्षण गराउन भनिन्छ।

 

त्यस्तै म्यानपावरहरुबाट हुने पर्दा पछाडिको काम सबै बन्द गरिने उनले बताए। ‘पर्दा पछाडिबाट हुने कामलाई निशेध गरिन्छ,’ उनले भने’ कारबाहीका लागि कुनै कसर बाँकी राखिने छैन्।’ मन्त्री बिष्टले ठगी गर्ने म्यानपावरको सुचीसमेत बनाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन्।

 

बैदेशिक रोजगारमा गएका कामदारहरुको हितमा प्रभावकारी काम मन्त्रालयले गर्ने मन्त्री विष्टले पनि बताए। मन्त्री विष्टले इटहरी, जनकपुर र बुटवलमा श्रम कार्यालय खोल्न लागिएको बताए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024