वैदेशिक रोजगारका पीडितलाई व्यवहारिक तवरले न्याय दिलाउँछौं : प्रहरी

15 March, 2018

रुपा राई

सिरहाका प्रहरी नायव उपरीक्षक राजन भेटवालले वैदेशिक रोजगारमा पीडित भएकालाई व्यवहारिक तवरले न्याय दिलाउने बताउनुभएको छ सुरक्षित आप्रवासन सामी परियोजना सिरहा बुधबार गरेको वैदेशिक रोजगारमा भएका ठगी न्युनिकरणका र पीडितलाई न्यायको पहुँचमा पुर्‍याउन प्रहरीको भूमिकाका विषयमा प्रहरीसँगै गरेको छलफलमा उहाँले पीडितलाई व्यवहारिक तवरले न्याय दिलाउने प्रतिवद्धता गर्नुभयो ।

 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन स्थानीय ६३ जना प्रहरीसँग छलफल गरिएको थियो । सामी परियोजनाको हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देवनारायण चौधरीले सिरहामा ठगिको समस्या दिनदिनै बढिरहेको भन्दै धेरैजसो पीडितसँग प्रमाण नहुने भन्दै त्यस्ता पीडितलाई न्यायको पहुँचका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

 

कार्यक्रममा सहभागीले आउँदा दिनमा ठगीका समस्यालाई न्युनिकरण गर्न स्थानीय स्तरमा सूचना पुर्‍याउन सुझाव दिएका थिए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024