वैदेशिक रोजगारकर्ताका लागि आइपिओ खाता सञ्चालन

21 December, 2022

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीलाई बैंकिङ एवं सेयर मार्केटसम्म पहुँच पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगारकर्ताका लागि आइपिओ खाता सुरुवात गरेको छ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने संस्थाले १० प्रतिशत सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्थाअनुसार खाता सञ्चालनमा ल्याएको हो।

वैदेशिक रोजगारमा रहेका नेपालीले सजिलै यस विकास बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोली डिम्याट, सिआस्बा र मेरो सेयरको सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, यस विकास बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने ग्राहकहरूले पनि सजिलै यो खाता खोल्न मिल्ने बैंकले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026