गोपालचन्द्र सुवेदी
काठमाडौं, वैशाख ११ गते । कोभिड–१९ महामारीका कारण विश्वव्यापी रेमिट्यान्स आप्रवाहले इतिहासकै ठूलो गिरावट सामना गर्ने प्रक्षेपण विश्व वैंकले सार्वजनिक गरेको छ ।
विश्व बैंकको प्रधान कार्यालय वसिडटनबाट बिहीबार सार्वजनिक गरिएको उसको प्रक्षेपण अनुसार सन् २०२० मा विश्वव्यापीरुपमै करिव २० प्रतिशतले रेमिट्यान्स घट्ने भएको हो ।
श्रमिकको परिश्रमिक घट्ने तथा श्रम गन्तव्य मुलुकको आर्थिक शिथिलताका कारण आप्रवासी कामदारले रोजगारी गुमाउने अवस्थाका कारण रेमिट्यान्सको आकार नै घट्ने देखिएको हो । न्यून तथा मध्यम आय भएका मुलुकमा यस्तो गिरावट १९.७ प्रतिशत हुने अनुमान सार्वजनिक भएको छ । रेमिट्यान्स आप्रवाहमा आउने प्रतिकुल अवस्थाले प्रभावित परिवारहरु मौद्रिक चक्रबाटै बाहिरिनु पर्ने खतरा आउने औंल्याइएको छ ।
विकासोन्मुख तथा विकासशील राष्ट्रहरुमा गरिवी निवारण, शिक्षा विस्तार, पोषण सुधारका लागि रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेल्दै आएकामा अव सामना गर्नुपर्ने रेमिट्यान्स गिरावटले ती सबै संवेदनशील क्षेत्रलाई प्रभावित पार्नेछ, विश्व बैंकले भनेको छ, अव धेरै श्रमिकले आप्mना घरमा पैसा पठाउन कठिन हुनेछ ।
विश्व बैंकका अनुसार सन् २०१९मा ६.१ प्रतिशत वृद्धि हासिल गरेको दक्षिण एसियाली रेमिट्यान्सको आकार सन् २०२० मा २२ प्रतिशतले खुम्चने छ । खास गरी अमेरिका, बेलायत तथा युरोपियन युनियन राष्ट्रको आर्थिक शिथिलताको असर दक्षिण एसियाको रेमिट्यान्समा पनि देखिने विश्व बैंकले उल्लेख गरेको छ ।
त्यस्तै, पेट्रोलियम उत्पादक राष्ट्रमा पर्ने समस्याको असर पनि दक्षिण एसियाको रेमिट्न्यासले सामना गर्नेछ ।
युरोप र मध्य एसियामा यस्तो गिरावट २७.५, मध्यपूर्व तथा उत्तर अफ्रिका १९.६ ल्याटिन अमेरिका तथा क्यारेवियन मुलुकको १९.३, पूर्वी एसिया तथा प्रसान्त क्षेत्रमा १३ प्रतिशतको गिरावट आउने प्रक्षेपण विश्व वैंकको छ ।
यसैबीच, विश्व बैंकले आप्mना सदस्य राष्ट्र्रहरुको रेमिट्यान्स आप्रवाहलाई सहज बनाउन विभिन्न तरिकाले सहायता पु¥याउने जनाएको छ । खास गरी रोमिट्न्यासको लागत घटाउने प्रभावित गरिव परिवारको वित्तीय समावेशीकरणका लागि जी २० मुलुकहरुसँग सहकार्य गरिरहेको जनाइएको छ ।