विदेश पठाइदिने भन्दै २६ लाख बढी ठगेको आरोपमा एक पक्राउ

24 December, 2025

उच्च शिक्षा अध्ययनका लागि विदेश पठाइदिने भन्दै २६ लाखभन्दा धेरै रकम ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई पक्राउ गरेको छ।

उदयपुरको त्रियुगा नगरपालिका–६, जलजले घर भई काठमाडौं–१० पुरानो बानेश्वर बस्ने लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्ट प्रालिका सञ्चालक सूर्यबहादुर डाँगीलाई प्रहरीले साेमबार पक्राउ गरेको हो।

डाँगीले विभिन्न व्यक्तिलाई उच्च शिक्षा अध्ययनको लागि विभिन्न देशमा पठाउन कलेज फी, इन्स्योरेन्स पोलिसीलगायतको शुल्क तिर्न भनी आफ्नो कम्पनीको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न लगाएर २६ लाख ८ हजार ५६५ रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका डाँगीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024