विदेश पठाइदिने भन्दै ठगी गर्ने ४ पक्राउ

18 March, 2018

महानगरीय प्रहरी अपराध महाशाखाले १ सय ३२ वटा पासपोर्टसहित ४ जनालाई पक्राउ गरेको छ ।गैरकानुनी रूपले विभिन्न व्यक्तिको राहदानी संकलन गर्ने र विदेश पठाइदिने भन्दै रकम असुल्ने बाग्लुङ ढोरपाटन घर भई काठमाडौं बस्ने कृष्ण केसी भन्ने टोपबहादुर महत र जित छन्त्याल, सुनसरी घर भई वसुन्धरा बस्ने राजकुमार श्रेष्ठ र रमेश काफ्ले पक्राउ परेका हुन् । प्रहरी र वैदेशिक रोजगार विभागले बालाजुस्थित उनीहरू काम गर्ने सरल वैदेशिक रोजगार परामर्श केन्द्रमा छापा मारेका थिए । उनीहरूले कुवेत, दुबई, कतारलगायत देश पठाइदिने भन्दै २ लाखसम्म उठाएका थिए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024