‘विदेशमा रहेका सबै नेपालीहरूलाई स्वदेश फर्काऔं’

8 September, 2025

२२ भदौ, काठमाडौं । नेकपा एमालेमा विदेशमा रहेका सबै नेपालीहरूलाई स्वदेश फर्काउने योजना ल्याउनुपर्ने माग उठेको छ ।

यसअनुसार पार्टीको नीति तय गर्नुपर्ने सुझाव जारी विधान महाधिवेशनमा गैर भौगोलिक छलफल समूहबाट प्रस्तुत भएको हो ।

‘लगभग एक तिहाइ जनसंख्या विदेशमा रहेको तथ्यलाई आत्मसात् गर्दे प्रवासमा हासिल भएको ज्ञान, सीप र क्षमताको कदर हुने व्यवस्था गरिन पर्दछ’ सुझाव खण्डमा भनिएको छ, ‘विदेशमा रहेर फर्काइको कुराईमा रहेका वा आपतविपदमा परेका महिला सहित सबै नेपालीहरुलाई स्वदेशमा नै राजगारीको सुनिश्चितता सहित फर्काउने वातावरण निर्माण गरिनु पर्दछ ।’

राजनीतिक, सांगठनिक तथा बिधान संशोधन प्रस्ताव उपर छलफलका लागि प्रस्तुत सुझावमा पार्टीको हरेक कमिटीमा महिला र युवालाई ४० प्रतिशत आरक्षण हुनुपर्ने लगायतका विषय समेत समेटिएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024