विदेशमा पढ्न एक लाख १२ हजारले लिए अनुमति, जापानका लागि सबैभन्दा धेरै

24 July, 2024

वैदेशिक अध्ययनका लागि एक आर्थिक वर्षमा एक लाख १२ हजार २५६ जनाले अनुमति लिएका छन्।

आर्थिक वर्ष २०८०–८१मा सबैभन्दा धेरै जापानका लागि ३४ हजार ७३१ जनाले अनुमति लिएका छन्।

नेपाली विद्यार्थीहरूको दोस्रो रोजाइमा क्यानडा छ।

क्यानडामा अध्ययनका लागि १५ हजार ९८२ जनाले अनुमति लिएका छन्।

त्यस्तै, अस्ट्रेलियाका लागि १४ हजार ३७२, बेलायतका लागि १३ हजार ३३९, अमेरिकाका लागि ११ हजार २६१ र दक्षिण कोरियाका लागि ६ हजार ८८९ जनाले अनुमति लिएका छन्।

युएई, चीन, माल्टा, मलेसिया लगायत विभिन्न ६६ मुलुकमा अध्ययनका लागि अनुमति लिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024