विदेशमा अलपत्र परेका नेपालीलाई सेन्चुरीको राहत

14 Jun, 2020

यूएई : सेन्चुरी बैंकको सेन्चुरी रेमिटले यूएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेको छ। सेन्चुरी बैंकले  खाद्यन्न तथा दैनीक उपभोग्य सामाग्री सहयोग गरेको हो।

सेन्चुरी बैंकका यूएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल र ५४ लिटर तेललगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको हो।

आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीले उपलब्ध सहयोग सामाग्री बुझेका थिए। 

यस्तै बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन) यूएईको  राहत वितरण  टोलीलाई १ हजार दिहराम बराबरको राहत सामग्री उपलब्ध गराएको छ। 

टोलीलाई २ सय केजी चामल, १ सय केजी आलु, १ सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्यन्न  सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए।

उक्त सामाग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष  विश्वदिप शाह र  केशव नेपालले बुझेका थिए। 

परदेशमा नेपालीहरुले आर्जन गरेको धनलाई सरल,सहज,छिटो र भरपर्दो रुपमा परिवारसम्म पुर्याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेन्चुरी सधै तत्पर रहेको पौडेलले बताए।

विभिन्न दाताबाट प्राप्त सहयोगले समस्यामा परेकालाई सहायता गरिनेछ। 

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024