विदेशबाट फर्किएका युवालार्इ बिनधितो १० लाख रूपैयाँ

29 May, 2018

सरकारले विदेशबाट फर्किएका युवालाई १० लाखसम्म बिनाधितो ऋण प्रवाह गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउनका लागि बिनाधितो पाँच प्रतिशत ब्याजमा त्यो ऋण दिने अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार बजेट भाषणमार्फत घोषणा गरे । 

 

यसअघि सरकारले युवा तथा स्वरोजगार कोषमार्फत व्यवसाय गर्नका लागि युवालाई बिना धितो दुई लाखसम्म ऋण दिने गरेको थियो । 

 

सरकारले ती युवाको सीप प्रमाणीकरण गरी व्यवसाय सञ्चालन गर्नका लागि उक्त रकम दिन थालेको बजेटमा उल्लेख गरिएको छ । 

 

सरकारले त्यसरी प्रवाह गरिने कर्जाको अनिवार्य सुरक्षण गराई व्यवसायको बीमासमेत गराउने छ । उक्त रकम युवालाई लघु तथा साना, पर्यटन, कृषि व्यवसाय र रोजगारमूलक सेवामा लगानी गर्ने जनाएको छ । 

 

यसैगरी विदेशबाट युवाले विप्रेषण आय बैँकिङ प्रणालीबाट भित्र्याएमा त्यस्तो रकमबाट व्यवसाय गर्न पनि सरकारले प्रोत्साहन गर्ने अर्थमन्त्री डा खतिवडाले बताए । 

 

दलितलार्इ पनि 

 

सरकारले दलित समुदायलाई आधुनिक व्यवसाय गर्नका लागि सहकारी तथा सामुदायिक उत्पादन प्रणालीमार्फत सामूहिक जमानीमा प्रतिसमूह १० लाखसम्म पाँच प्रतिशतमा व्याजमा ऋण दिइने भएको छ । 

 

अर्थमन्त्री डा खतिवडाले उनीहरुको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्धन गर्नका लागि उक्त बजेट छुट्याइएको बताए । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026