लकडाउनको मारमा मजदुर : न छ खाने, न छ ठाउँ जाने! (भिडिओ)

2 April, 2020

निशा भण्डारी

लकडाउनका कारण राजधानीका विभिन्न ठाउँमा काम गर्ने मजदुरहरूले दैनिक उपभोग्य सामानको अभाव भोग्न थालेका छन्। 

कालिका कन्स्न्ट्रक्सनले जिम्मा पाएको हनुमन्ते खोला करिडोरमा काम गरिरहेका जाजकोट र रुकुमका मजदुर पानी र ग्यासको अभाव खेपिरहेका छन्। 

‘घर जाऊँ भने लकडाउन छ, ग्यास सकिएर दाउराबाट खाना पकाइरहेका छौं’, सल्यानका घमण्ड हमालले भने, ‘यहाँ बाँकी सबै रुकुम आठबिसकोटका साथीहरू हुनुहुन्छ। हनुमन्तेबाट पानी ल्याएर खाना पकाउनुपर्ने अवस्था छ।’ 

मजदुरहरूले जनप्रतिनिधि जनार्दन शर्मासँग कुरा गरे पनि कुनै उपाय ननिस्किएको दुखेसो पोखे। 

जाजरकोटका सुशील शाहीले पनि काम गरेको पैसा नपाएको गुनासो गरे। 

उनले महिला र बालबालिका समेत आफूसँग रहेको र दैनिक खानेकुरा अभाव भएको बताए। 

‘पैसा पाइएको छैन। ठेकेदार पनि सम्पर्कमा छैन’, शाहीले सेतोपाटीसँग भने, ‘हामी अलपत्र भयौं। कसैले सुनेन।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024