रोजगारीको पहलका लागि १० युवा अभियन्ता छनोट

12 June, 2018

रोजगारीसँग सम्बन्धित मुद्धाहरुमा पैरवी गर्न दायित्व संस्थाले युवा अभियन्ता छनोट गरेको छ । युवा आज ! का कार्यक्रम अन्तर्गत युवाहरुको क्षमताको आधारमा निर्णायक  समितिले उत्कृष्ठ १० जनालाई छनोट गरेको हो । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलगायतको निर्णायक समितिले पहिलो चरणमा छनौट भएका २० जनाबाट १० जनालाई छनौट गरेको हो ।

 

छनौट हुनेहरुमा शिक्षित भट्ट, रोहित कुमार मारवाडी, फुर्पा शेर्पा, श्रीजंग राई, मेधा शर्मा, महेश दाहाल, डा. जितेन्द्र उपाध्याय, भावना खतिवडा, पुजा पौडेल र मेघ्ना लामा रहेका छन् । युवा रोजगारीसँग कुनै समस्यामा आधारित भइ गरिएको मुद्धा प्रस्तुतिकरणमा, समस्या पहिचान तथा समाधानका उपाय, कार्ययोजना, समुहिक कार्य क्षमता, नेतृत्व गर्न सक्ने क्षमता तथा व्यक्तिगत अन्र्तवार्ताको आधारमा उनीहरु छनौटमा परेका हुन् ।

 

छनौट भएका अभियन्ताहरुलाई नेतृत्व विकासको पाठ्यक्रममा आधारित भइ नेपाल लिडरसीप एकेडेमीबाट तालिम प्रदान गरिनेछ । नेपालको सामाजिक, राजनितिक विषयवस्तु, नागरिकका कथा, अनुकुलनीय नेतृत्व आदि विषयवस्तु तालिमको पाठ्यक्रममा केन्द्रित रहने छ ।

 

युवाहरुको चुनौतीका मुद्धा पहिचान गरी आफ्नो क्षेत्रमा आफ्नै सम्बन्धित क्षेत्रमा छनौट भएका नव अभियन्ताहरुले १०० दिनको अभियान सञ्चालन गरी त्यस ठाँउको स्थानीय सरकार, सांसद, जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग नीति परिवर्तनका लागि आवश्यक पैरवी गरी युवा रोजगारीका लागि पहल गर्नेछन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026