रोजगारीका लागि अनलाइनबाटै आवेदन लिन सरकारले खोल्यो श्रमिक सूचना बैंक

30 August, 2020

अनलाइनबाटै रोजगारीका लागि आवेदन लिन सरकारले श्रमिक सूचना बैंकको स्थापना गरेको छ।

आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षको योजना सार्वजनिक गर्दै श्रमिक सूचना बैंक संचालनमा ल्याएको हो।

श्रम मन्त्री रामेश्वर राय यादवले बजेटमा गरिएको व्यवस्थाअनुरुप कार्यक्रम सञ्चालनमा ल्याएका हुन्।

यस बैंकले अनलाइनमार्फत श्रमिक र रोजगार दातालाई भेटाउने काम गर्ने मन्त्रालयमा प्रवक्ता भरतमणी पाण्डेले जानकारी दिए। 

‘बैंकको आधिकारिक वेबसाइट (www.lib.gov.np)मा श्रमिकले आफ्नो बायोडाटा हाल्न सक्नेछन् र रोजगार दाताले त्याहाँबाट उपयुक्त कर्मचारी छान्न सक्ने छ। त्यस्तै रोजगार दाताले आफूलाई चाहिएको कर्मचारीको विवरण पनि यस वेबसाइटमा दाखिला गर्न सक्ने छ ’ उनले सेतोपाटीसँग भने।

यस वेबसाइटको पहुँच ७ सय ५३ ओटै स्थानीय तहलाई दिइने पाण्डेले जानकारी दिए। यो बैंकले उच्च पददेखि हलो जोत्नेसम्मको रोजगारी खोज्ने र दिने मन्त्रालयले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026