प्रकाश ढुंगाना
रेड कर्नर नोटिसमा रहेका एक नेपालीलाई कुवेत प्रहरीले पक्राउ गरी स्वदेश पठाइदिएको छ। मानव बेचबिखन मुद्दाका फरार अभियुत्त, सिन्धुपाल्चोकका ४८ वर्षीय श्यामकुमार लामालाई कुवेत प्रहरीको इन्टरपोल शाखाले पक्राउ गरी स्वदेश पठाएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए।
प्रिति तामाङ नाम गरेकी युवतीलाई युएइ हुदैँ कुवेत लगेर बेचेको आरोप उनलाई लागेको छ। मानव वेचबिखन मुद्दामा २०७४ साल चैत १५ गते उनलाई रेड कर्नर नोटिसमा राखिएको थियो। कुवेत प्रहरीले पक्राउ गरी नेपाल प्रहरीसँग समन्वय गरेर उनलाई डिपोर्ट गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतमा आजै बुझाइएको प्रहरीले बताएको छ।