रूसमा काम गर्न म्यानपावरमार्फत् जान पाइने

28 March, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रूसमा म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएर जान पुनः खुला गर्ने निर्णय गरेको छ।

सचिवस्तरीय निर्णय गर्दै म्यानपावरमार्फत् त्यहाँ श्रमिकहरू जान पाउने व्यवस्था गरिएको हो।

यसअघि नेपालीहरू विभिन्न बहानामा रूस गई रूसी सेनामा भर्ती भएका र रूस-युक्रेन युद्धमा मृत्यु भएका घटनापछि सबै प्रकारका श्रम स्वीकृति स्थगन गरिएको थियो।

गत पुस १९ गते वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रूसका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन भएको जनाएको थियो।

श्रम स्वीकृति रोकिएका कारण रूसबाट बिदामा आएका नेपालीहरूको माग सम्बोधन गर्दै सचिवस्तरीय निर्णयबाट श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026