राष्ट्रिय निर्माण युवा अभियान: एक लाख युवालाई रोजगारी दिन तीन अर्ब बजेट

29 May, 2024

सरकारले एक लाख युवाको रोजगारी सुनिश्चित गर्ने गरी राष्ट्र निर्माण युवा अभियान सञ्चालन गर्ने भएको छ।

यसको लागि तीन अर्ब बजेट समेत विनियोजन गरिएको छ। विश्व विद्यालयबाट अध्यय सम्पन्न गरी कामको खोजीमा रहेका युवलाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्य गरी कार्यक्रम अघि बढाइने उल्लेख छ।

उद्योग व्यवसय, कृषि, पशुपंक्षी तथा वन, होटल, पर्यटन, निर्माण क्षेत्रमा कार्यस्थलमा तालिम दिइने उल्लेख गरिएको छ।

यो कार्यक्रमबाट कम्तीमा एक लाख युवलाई रोजगारी सुनिश्चित गरिने गरी तीन अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्रीले उल्लेख गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024