यूके पठाइदिने भन्दै १ करोड बढी ठगेको आरोपमा एक जना पक्राउ

3 July, 2025

१९ असार, काठमाडौं । यूके पठाइदिने भन्दै १ करोड २० लाख ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललिपतुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

यूके पठाइदिने भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ ठगी गरेको आरोप उनीमाथि छन् । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024