यूएईमा दुई नेपाली कोरोना भाइरसबाट संक्रमित

28 March, 2020

कान्तिपुर संवाददाता 

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत दुई नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको नेपाली दूतावासले जनाएको छ ।

यसअघि पनि दुई जना नेपाली कामदार संक्रमित भएका थिए। उनीहरु भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले संक्रमित ब्यक्तिको अवस्था स्थिर रहेको बताए। ‘यूएईको उपचार पद्धति उच्चस्तरको मानिन्छ। साथै, यूएईमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु तुलनात्मक रुपमा युवा उमेर समूहका हुनुहुन्छ’, उनले भने,‘विश्वास छ, उहाँहरु पनि चाँडै स्वास्थ्य लाभ गरी निवास फर्कनुहुनेछ।’ 

शनिबार बिहानसम्म यूएईमा ४०५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ। यूएईमा संक्रमितमध्ये ५२ जना निको भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024