युएईले १२० जना नेपालीलाई दियो आममाफी

18 July, 2025

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)ले १२० जना नेपालीलाई आममाफी दिएका छन्। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अदाहको अवसरमा युएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको हो।

युएईस्थित नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको जानकारी दिएको छ। दूतावासले विज्ञप्ति जारी गरेर युएई सरकारलाई धन्यवाद दिएको छ।

वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर कैद सजाय भोग्नुपरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024