युएईमा अध्ययनमा पठाउने भन्दै ठगेको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

15 January, 2026

युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पाँच जना संचालकलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

फ्रान्स, अष्ट्रेलिया लगायतका युनिभर्सिटीबाट मान्यताप्राप्त युएईमा कलेजमा क्रेडिट ट्रान्सफर हुने गरी शिक्षा प्रदान गर्ने भनेर विद्यार्थीबाट शुल्क लिएको आरोपमा पाँच जनालाई पक्राउ गरेको एसएसपी श्रेष्ठले बताए।

उनका अनुसार शिक्षा मन्त्रालयको निकायबाट स्वीकृति नै नलिएको इन्स्चिट्युटका लागि विद्यार्थी पठाउन भनेर आठ देखि २२ लाख रुपैयाँसम्म रकम लिएको आरोप छ।

पक्राउ पर्नेमा बेस्ट पाथ एडुकेशनका कृष्ण थापा, मर्सी एडुकेशन कन्सल्टेन्सीका रामचन्द्र टन्डन, सिटिहब एडुकेशन नेटवर्कका संचालक सुवास सिलवाल क्षेत्री, कान्तिपुर एब्रोड कन्स्टेन्टका संचालक हेमराज भट्ट र दामोदर ढकाल छन्।

उनीहरूविरूद्ध १३ जनाले जाहेरी दिएको सिआइबीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024