युएईबाट आज ५५१ जना फर्किए

31 August, 2020

सयुक्त अरब इमिरेट्सबाट आज ५५१ जना नेपाल फर्किएका छन्।

युएइका सारजाह, दुइई र आबुधावीबाट ५५१ जना वयस्क र १ जना बच्चा फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमासन्थल कार्यालयका अनुसार चारओटा शव पनि आएका छन्।

हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स र एयर अरेबियाका चार्टर्ड उडानबाट आज युएईबाट यात्रुहरु फर्किएका हुन्। 

नियमित उडान बन्द भएपछि सकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि चार्टर्ड उडान अनुमति दिएको थियो। भदौ १७ देखि भने सिमित क्षेत्रमा नियमित उडान पनि सुरु हुँदै छन्।

हिमालय एयरलाइन्सको चार्टर्ड उडानले आवुधावीबा६ १५५ जना वयस्क र एकजना बच्चा ल्याएको थियो। त्यस्तै नेपाल एयरलाइन्सले दुबईबाट २५४ जना यात्रु र चारओटा शव ल्याएको थियो। एयर अरेबियाको जहाजले सारजाहबाट १४२ जना यात्रु ल्याएर ४ जना लिएर गएको थियो। 

त्यस्तै देशका विभिन्न भागबाट ४५ जना हवाइ उडानबाट काठमाडौं भित्रिएका छन्। विमानस्थल कार्यालयका अनुसार १३ जना काठमाडौं बाहिर गएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026