याख्खा ओभरसिजमा छापा, संचालक रोक्का पक्राउ

24 May, 2018

प्रकाश ढुंगाना

काठमाडौंको महाराजगंजमा रहेको याक्खा ओभरसिजमा प्रहरीले छापा मारेर संचालक भीमबहादुर रोक्कालाई पक्राउ गरेको छ।  आज अपरान्ह छापा मारेर प्रहरीले कागजातसमेत बरामद गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।

बैदेशिक रोजगारीका क्रममा मलेसिया पठाउँदा माइग्रामका नाममा सो ओभरसिजले १ सय २५ रिंगिट लिने गरेको भन्दै छापा मारिएको सिंहले बताए।

 

‘सो म्यानपावर माइग्रामको नेपालस्थित एजेन्ट रहेछ, ‘एसएसपी सिंहले भने, अबैध रुपमा रकम असुली गरिरहेको थाहा पाएपछि त्यहाँ छापा मारिएको हो।’ सो म्यानपावरका अर्का संचालक कमल बस्नेत फरार रहेका छन् । बस्नेत अख्तियारका पुर्ब अायुक्त दीप बस्नेतका छोरा हुन् ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही जेठ ३ गते बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णयसँगै ती कार्य गर्ने संस्थाहरुमा प्रहरीले निगरानी बढाएको छ।

 

यस अघि प्रहरीले बैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारहरुसँग थप रकम असुल गरेको आरोपमा भिएलएनका रामप्रसाद श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।

 

जिएसजी सर्भिस नेपालका गोबिन्द थपलिया र बायोमेट्रिकका संचालक कैलाश खड्का प्रहरीको पक्राउ सुचीमा परेका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024