म्यानपावरमा सरकारको छापा

4 August, 2019

तुलसी सुवेदी

वैदेशिक रोजगार विभागले कुपोण्डोलको प्याराडाइज इन्टरनेशनल म्यानपावर प्रालिमा आइतबार छापा मारेको छ । तोकिएकोभन्दा कैयौं गुणा शुल्क लिन लागेको सूचनाका आधारमा विभागले छापा मारेको हो। विभागका अधिकृत कुशल बरालको नेतृत्वमा गएको अनुगमन टोलीले युएई जान लागेका कामदारसँग बढी शुल्क लिएको सूचनाका आधारमा प्याराडाइज म्यानपावरमा छापा मारेको वैदेशिक रोजगार विभागले जनाएको छ।उक्त म्यानपावरले युएईको पार्निक कम्पनीमा क्लिनर रोजगारीका लागि तनहुँका कुमार गुरूङबाट १ लाख १५ हजार रुपैयाँ लिएको खुलेको छ।

विभागको टोलीले म्यानपावरका कागजात छानविन गरिरहेको छ। सरकारले १० हजार मात्रै सेवाशुल्क लिनुपर्ने नियम बनाएपनि म्यानपावरले १ लाख भन्दा बढी रकम असुल्दै आएका छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले तोकिएको भन्दा बढी शुल्क लिने म्यानपावरलाई कारवाही हुने बताए। ‘कामदारले उचित क्षतिपूर्ति पाउँछन्,’ उनले भने। श्रम स्स्वीकृति लिइसकेका कामदार सुरक्षितरुपमा वैदेशिक रोजगारीमा जान पाउने उनको भनाइ छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024