मोरङका तामाङ साउदीमा सम्पर्कविहीन

10 April, 2023

साउदी : वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका मोरङ, पथरी शनिश्चरे–३ निवासी शुकराज तामाङ सम्पर्कविहीन छन्।

सुनौलो भविष्य र परिवारको खुसीको लागि उनी नेपालमा रहेको जुपिटर ओभरसिज मेनपावरबाट साउदीको बदिर इब्राइम अल हजरी कम्पनीमा काम गर्नका लागि २०६५ भदौमा साउदी अरेबिया पुगेका थिए। साउदी पुगेको तीन महिनापश्चात् उनी परिवारसँग सम्पर्कविहीन भएका थिए।

खोजीका क्रममा हालसम्म पनि सम्पर्कमा नआएको जानकारी उनकी छोरी सम्झना तामाङले बताइन्। सम्पर्कविहीन भएका तामाङको खोजी कार्यमा सहयोग गरिदिन साउदीमा रहेका विभिन्न संघसंस्थाले आग्रहसमेत गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024