माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु

12 August, 2025

युरोपियन मुलुक माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ।

आइतबार सडक दुर्घटनामा परी स्थायी ठेगाना म्याग्दीका खिमबहादुर पुनको मृत्यु भएको एनआरएनए एनसिसी माल्टाले आफ्नो आधिकारिक फेसबुक फेजमार्फत जानकारी गराएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको एनआरएनए एनसिसी माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए।

एनआरएनए एनसिसी माल्टाले शव नेपाल पठाउनका लागि आर्थिक सहयोग जुटाउन सुरू गरेको समेत जनाएको छ।

अध्यक्ष खनालले शव नेपाल ल्याउन चार हजार ५०० देखि ६ हजार ५०० युरोसम्म खर्च लाग्ने बताए।

‘यहाँबाट शव नेपाल पठाउन त्यति सहज पनि छैन। सामान्य अवस्था हुँदा कम्तीमा एक हप्ता लाग्छ। यस्तो जटिल केसमा अनुसन्धानकै लागि समय लाग्छ, जसले गर्दा शव नेपाल पठाउन पनि समय लाग्छ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024