मानव बेचबिखन विरुद्ध दसगजा क्षेत्रमा मानव साङलो

6 September, 2016

अर्जुन ओली

 

नेपालगंज–मानव बेचविखन बिरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगन्जको जमुनाहा नाकास्थित नेपाल–भारत दसगजा क्षेत्रमा मानव साङलो निकालिएको छ। मानव साङलोमा नेपाल र भारतका प्रशासक, सुरक्षा अधिकारी, सामाजिक संस्थाका प्रतिनिधि, बिद्यार्थी, शिक्षक लगायतको उल्लेख्य सहभागिता थियो। मानव बेचबिखन विरुद्धको जिल्ला समिति बाँकेको आयोजनामा सोमबार बिहान अन्तरदेशीय मानव साङलो कार्यक्रम गरिएको हो।

 

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ, भारत नानपाराका सहायक प्रमुख जिल्ला अधिकारी(एसडिएम) एस.पी शुक्ला, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राई, भारत नानपाराका प्रहरी प्रमुख अजय भदौरिया, महिला तथा बालबालिका कार्यालय बाँकेका फोकल पर्सन बिन्दु कुवँर, माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइराला लगायतले मन्तव्य दिँदै दुवै देशको सहकार्यबाट मानव बेचबिखन न्यूनिकरण गर्न सकिने बताए। दिवसको अवसरमा माइती नेपाल नेपालगन्जले युवा युवतीको सहभागितामा साइकल र्याली निकालेको छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024