मानव बेचबिखन मुद्दामा फरार अभियुक्तलाई युएईबाट पक्राउ गरी नेपाल ल्याइयाे

11 December, 2024

मानव बेचबिखन मुद्दामा इन्टरपाेलबाट समेत रेड नाेटिस जारी भएका फरार अभियुक्तलाई नेपाल प्रहरीले युएईबाट पक्राउ गरी नेपाल ल्याएकाे छ।

पूर्वी रुकुम घर भएका ४५ वर्षीय नीराजन नेपालीलाई प्रहरीले मंगलबार नेपाल ल्याएकाे हाे। इन्टरपाेलकाे सहयाेगमा उनलाई नेपाल ल्याइएकाे प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए। उनलाई नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट त्रिभुवन विमानस्थलमा अवतरण गराइएको थियो। 

कार्कीका अनुसार राहदानी नम्बर पिए १५३३५४२ बाहक ४५ बर्षिय नेपालीलाई पक्राउका लागि रेड नोटिस जारी गरिएको थियो। नेपालीलाई इन्टरपोल शाखाका प्रहरी अधिकारीले विमानस्थलबाट बुझेर मानव बेचबिखन व्युरोमा पठाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024