मानव बेचबिखन मुद्दाका दोषी २६ वर्षपछि पक्राउ

29 April, 2024

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका– ४ का जंगबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ।

यहाँकी एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट नाै वर्ष सात महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका– ४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। उनको अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई ०५५ माघ १९ मा नाै वर्ष सात महिना १० दिनको कैद सुनाएको थियो।

उक्त फैसला हुनुअघिदेखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि आजै जिल्ला कारागार चलान गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024