मानव बेचबिखनविरुद्ध प्रभावकारी भुमिका खेल्न महिला सांसादहरूले प्रतिबद्धता जनाएका छन् ।शक्ति समूह र एटविनको संयुक्त आयोजनामा संघीय संसदका सांसदहरूसंगको परामर्श बैठकमा सहभागी सांसदहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले मानव बेचबिखन जघन्य अपराध भएको र त्यसको न्युनिकरणका लागि भुमिका निर्वाह गर्ने जनाएका थिए ।
मानव बेचबिखन विरुद्धका विद्यमान ऐन कानुन र नियमहरु पर्याप्त नभएकाले त्यसलाई प्रभावकारी बनाउन राज्यलाई थप जिम्मेवार बनाउन निर्देशित गर्ने सांसदहरुले बताएका थिए ।
कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संसदका अन्य समितिहरुसँग पनि परामर्श गरी मानव बेचबिखन, स्वदेश फिर्ती र पुनःकीकरणका लागि ऐन निर्माण तथा संसोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिनिधिसभा कृषि तथा सहकारी समितिका सभापति पुर्णकुमारी सुवेदी, दिगो विकास समितिका सभापति तारादेबी भट्ट, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्का, सांसद डा. बिन्दा पाण्डेलगायतले प्रभावितहरूको उद्धार, स्वदेशफिर्ती, पुर्नस्थापना लगायतमा सवैले भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।