महासंघले श्रमिकलाई खाद्यन्न सहयोग गर्ने, कोरणा कोषमा ५९ लाख योगदान

29 March, 2020

सेतोपाटी संवाददाता

नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा सहयोग गरेको छ । 

महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई ५९ लाखको चेक हस्तान्तरण गरेकी छन्। 

महासंघले कोरोनासँग जुध्नलाई सरकारलाई अन्य सहयोग गर्ने घोषणा पनि गरेको छ। 

महासंघले ९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू दिने महासंघले घोषणा गरेको छ। 

महासंघले लकडाउनका समयमा काम विहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने जनाएको छ। आफ्नो देशैभर रहेको संजाल मार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरीरहेको जानकारी दिएको छ। 

महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरिसकेको छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026