मलेसिया पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ

17 April, 2023

काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया पठाइ दिने भन्दै लाखौं रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा बहुदमाई गाउँपालिका -५ भौराटार घर भइ हाल काठमाडौंको कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनिया हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कीर्तिपुर नगरपालिकाको चोभारबाट पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले महतो पक्राउ गरेको पुष्टि गरे।

सूचना अधिकृत रेग्मीका अनुसार महतो वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै पीडितसँग ३५ लाख बढि रकम लिएर फरार भएका थिए।

रकम लिएर फरार भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। उजुरीका आधारमा खोजतलास गर्ने क्रममा महतो पक्राउ परेका हुन्।

Other News

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024