मलेसिया जाने कामदार रोकिएपछि संघका पाँच विकल्प

30 July, 2018

मलेसिया जाने कामदार रोकिएपछि समस्या समाधानका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले  विकल्प अघि सारेको छ। संघका प्रतिनिधिहरु नेपालस्थित मलेसियन राजदुतामा पुगेर विकल्प अघि सारेको हो ।

 

मलेसियाको रोजगारी खुलाउनुअघि कामदारलाई आर्थिक भार पार्ने संस्था खारेजीको माग राखेको संघका अध्यक्ष रोहन गुरुङले बताए। बायोमेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टेप सेन्टर र जीएसजीलाई हटाएर कामदार पठाउन नयाँ व्यवस्था गर्न संघले माग गरेको छ । सङ्घले राहदानी सङ्कलन गर्ने वान स्टेप सेन्टर खारेज गरे निःशुल्क रुपमा सङ्घले नै राहदानी दूतावाससम्म पुर्‍याउने जनाएको छ । त्यस्तै माइग्राम्सको नेपालमा कुनै काम नभएकाले त्यो स्वीकार्य नहुने पनि सङ्घले जनाएको छ।

 

बायोमेट्रिक मेदिकल गर्न २५ सयमा सबै मेडिकललाई दिनुपर्ने विकल्प पनि दुतावासलाई दिइएको गुरुङले बताए। जीएसजीको खारेज गरेर प्रहरीको प्रहरी रिपोर्टले नै आधार मान्न स्रघले भनेको छ। भिसा प्रक्रियाका आफैँ थाल्न आफूहरुले माग गरेको गुरुङले बताए। नेपालका लागि कार्यवाहक राजदूत अहमद फादिलले संघले राखेको माग मलेसियासमक्ष पुर्याइने बताए। समस्या समाधानपछि कुटनितिक पहल भइरहेको भन्दै उनले निर्णय पखाईमा बस्न आग्रह गरेका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026