मलेसियाले गर्‍यो एकैपटक १५ नेपालीलाई निष्कासित

11 July, 2025

काठमाडौं : मलेसियाले एकैपटक १५ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो।

निष्कासन गरिनेमा सोनालाल सहनी, मेखबहादु तामाङ, राधाकृष्ण चौधरी, भिखारी चौधरी, उमेशप्रसाद राजबंशी, भीमप्रसाद घिमिरे, ललित राना, दिनेश प्रजा, खुमन आले मगर, मधु विक, सजिद मियाँ, बचेलाल पटेल, अनिल कुमार साह, बुद्धबहादुर नेपाली र मरेन्द्र बानियाँ रहेका छन्।

उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको थियो। यसअघि पनि मलेसियाले एकपैटक ११ जनालाई निष्कासन गरेको थियो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा लाखौं नेपालीहरू कार्यरत छन्। कोही भिसा प्रक्रिया मिलाएर त्यहाँ पुगेका छन् भने कोही दलालको प्रलोभनमा परेर पनि मलेसिया पुगेका छन्। कतिपय नेपालीहरू राम्रो कामको खोजीमा कम्पनी छाडेर पनि जाने गरेको त्यहाँका नेपालीहरूले बताएका छन्। गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू नै अध्यागमनको ‘टार्गेट’मा पर्ने गरेको उनीहरूको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024