मलेसियामा मृत्यु भएका परिवारलाई ५१ हजार

2 September, 2024

वैदेशिक रोजगरीका क्रममा मलेसियामा मृत्यु भएका सप्तरीको शम्भुनाथ नगरपालिका- ३ का ओमप्रकाश साहका परिवारलाई हेल्प मधेशी नेपालले शुक्रबार ५१ हजार आर्थिक सहयोग गरेको छ।

शम्भुनाथ- ३ का देवक साहका छोरा ओमप्रकाश साह गत ६ अगस्तका राति कामबाट फर्किएर कोठामा सुतेको र बिहान मृत फेला परेको हेल्प मधेशी नेपाल सप्तरीले जनाएको छ।

हेल्प मधेशी नेपाल सप्तरीका अध्यक्ष रिना झाको नेतृत्वमा गएको टोलीले हेल्प मधेशी मलेसियाका तर्फबाट प्राप्त ५१ हजार नगद उनको परिवारलाई शुक्रबार हस्तान्तरण गरेको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024