मलेसियामा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपाली श्रमिक जोखिममा

3 December, 2021

मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ। त्यहाँ स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले शुक्रबार दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको बताए। ओमिक्रोनबाट संक्रमित व्यक्ति कुन देशका नागरिक हुन् भन्ने विषय त्यहाँको स्वास्थ्य मन्त्रालयले खुलाएको छैन । 

संक्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट सिंगापूर हुँदै मलेसिया गएको टाईम्स अफ ईन्डियामा समाचार छ । मलेसियामा कम्तिमा ४ लाख नेपालीहरु रोजगारीका लागि गएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। रोजगारको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु पनि यसबाट प्रभावित हुने भएका छन्। 

विश्व स्वास्थय संगठनले कोरोनाको नयाँ भेरियन्ट खतरनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरेको छ। अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट अभिकांश देशमा पुगिसकेको छ । विभिन्न देशहरुले बाह्य उडानहरु धमाधम रद्द गर्न थालेका छन् भने विदेशी यात्रुहरुलाई आवगमनमा रोक लगाइरहेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024