मलेसियामा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन गैर आवासीय नेपाली संघको अनुरोध

6 July, 2020

गैर आवासीय नेपाली संघ, मलेसियाले मलेसियामा अलपत्र नेपालीलाई छिटो स्वदेश फकार्उन नेपाली राजदूतावासलाई अनुरोध गरेको छ।

मलेसियामा श्रमिकहरूको अवस्था दयनिय भएकाले तत्काल नेपाल फर्काउन अनुरोध गरेको हो।

मलेसियामा बिरामी, अङ्गभङ्ग भएका, जेलमा भएका तथा मृत्यु भएका शव अलपत्र परेकोले श्रमिक कोषमा रहेको रकमबाट छिटो स्वदेश फर्काउन संघले अनुरोध गरेको अध्यक्ष हरि भट्टराईले जानकारी  दिए।

गैर आवासीय नेपाली संघ, मलेसियाले दूतावाससमक्ष ८ बुदेँ ध्यानाकर्षण पत्र पनि बुझाएको छ। मलेसियाबाट नेपाल आउने हवाइ भाडा दर पनि महँगाे भएको भन्दै स‌ंघले  घटाउन दूतावासको ध्यानाकर्षण गराएको छ।

मलेसियाबाट छुट्टिमा नेपाल आएका कामदार फर्कन नपाएको भन्दै संघले उनीहरुलाई फर्काउने वातावरणको पहल गरिदिन दूतावाससँग आग्रह गरिएको उनले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026