मलेसियाबाट तीन महिनाभित्र अवैध नेपाली कामदार नफर्किए कारवाही हुने

4 June, 2018

मलेसिया सरकारले अवैधानिक रूपमा बसेका नेपालीहरूलाई तीन महिनाभित्र स्वदेश फर्कन निर्देशन जारी गरेको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै अवैध रूपमा बसेकालाई अगष्ट ३० सम्म स्वदेश फर्किन भनेको छ। स्वेच्छिक घरफिर्ती कार्यक्रमअन्तर्गत मलेसियाले दुई महिनाको समय थप गर्दै यस्तो निर्देशन दिएको हो।

 

सो मितिपछि अवैधानिक रूपमा बसेको पाइएमा त्यस्ता कामदारलाई अध्यागमन कानून बमोजिम कारवाही हुने मलेसियाले जनाएको छ। अवैध कामदारलाई जेल वा डिपोर्टेशन क्याम्पमा लामो समयसम्म बस्नुपर्ने बाध्यात्मक अवस्था आउने मलेसियाले जनाएको छ।

 

उक्त मितिभित्र रोजगारदाता खोजीमार्फत् नयाँ भिसा लाग्न नसक्ने स्पष्ट पार्दै उसले सोको लागि कुनै शुल्क नतिर्न पनि कामदार समक्ष अपिल गरेको छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024