मलेसियाको ‘कलिङ भिसा’ लागेकाहरूले भोलिदेखि श्रम स्वीकृति पाउने

31 March, 2019

यसअघि नै कलिङ भिसा पाइसकेकाहरूले भोलिदेखि मलेसियाका लागि श्रम स्वीकृति पाउने भएका छन्। यसका लागि वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै भोलिदेखि श्रम स्वीकृति दिन पत्राचार गरेको छ। नेपाल सरकारको तथ्यांकअनुसार अहिलेसम्म ७ हजार नेपालीले यस्तो भिसा लिएका छन् तर सरकारले श्रम स्वीकृति रोकिराखेकाले जान पाएका थिएनन्।

वैदेशिक रोजगार विभागले मलेसियन राजदूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ। भोलिदेखि कलिङको लागि खुले पनि नयाँको लागि भने एक महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ‘आज विभागसँग भएको छलफलमा भोलिदेखि कलिङ भिसाका लिएकाहरूलाई भोलिदेखि श्रम स्वीकृति दिने सहमति भएको छ। नयाँका लागि एक महिना लाग्ने छ’ उनले भने,‘संघको तर्फबाट गर्ने सहयोग हामी गर्छौं।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024