मजदुरको मृत्यु

17 October, 2017

उद्योगको लापरबाहीले मजदुरको मृत्यु भएको भन्दै आन्दोलित स्थानीय र उद्योगबीच सहमति भएको छ । उद्योगले मृतकका परिवारलाई ९ लाख क्षतिपूर्ति दिने सहमति जनाएको छ ।

 

कपिलवस्तु–६ रामनगर छेउमा रहेको क्यापिटल फुड प्रालिको मसला बनाउने मेसिनको भित्री भागमा बेरिएर स्थानीय १७ वर्षीय सुरेश भुजको मृत्यु भएको प्रहरीले जनाएको छ । लाइन नभएका बेला मेसिन सरसफाइ गरिहेको सुरेशको एक्कासि मेसिन चलेपछि बेरिएर मृत्यु भएको सँगै काम गरिरहेका मजदुर वीरेन्द्र यादवले बताए । ‘घटनामा अपरेटरको लापरबाही देखिएको छ,’ उनले भने, ‘यकिन नगरी मेसिन चलाउँदा दु:खद घटना भयो ।’

 

आफू २/३ दिनदेखि बाहिर रहेकाले घटनाबारे केही थाहा नभएको उद्योगका व्यवस्थापक कृष्ण बुढाथोकीले बताए । उनले भने, ‘दुई पक्षबीच छलफल भएर सहमति भइसकेको सुनेको छु ।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026