मजदुरको तलब नरोक्न सरकारको निर्देशन

29 Mar, 2020

कान्तिपुर संवाददाता 

काठमाडौँ — आइतबार बसेको मन्त्रिपरिषद् बैठकले असंगठित तथा संगिठत दुवै क्षेत्रका मजदुरहरुको चैत महिनाको तलब तथा ज्याला नरोकन्न व्यापारिक प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । 

सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्दै रोजगारदाताहरुलाई मजदुरको चैत महिनाको तलब पूर्ण भुक्तानी गर्न निर्दशन दिइएकाे जानकारी दिए। 

उनले रोजगारदाताहरुले यसरी भुक्तान गर्ने तलबका लागि कर्मचारी कल्याणकारी कोषको रकम समेत प्रयोग गर्न पाउने व्यवस्था गरेको बताएका छन्।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024