मकाउ पठादिने प्रलोभनमा ठगी गर्ने पक्राउ

11 September, 2019

रोजगारको लागि आकर्षक तलवमा मकाउ पठाइदिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा प्रहरीले बिनोद बस्नेत भनिने राजु केसीलाई पक्राउ गरेको छ।रौतहट चन्द्रपुरका केसीले मकाउ पठाइदिने भन्दै विभिन्न मितिमा पटक पटक गरी उन्नाईस लाख दश हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।

गोरखा पालुङटारका रामशरण कोइराला सहित ६ जनाले केसी बिरुद्ध प्रहरी अपराध महाशाखामा गत जेठ १४ गते संयुक्त जाहेरी दिएका थिए। महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले केसीलाई खोजतलास गर्ने क्रममा काठमाडौंको हाँडीगाउँमा फेला पारी पक्राउ गरेको हो।

निजको साथबाट एकै व्यक्तिको छुट्टाछुट्टै नामबाट दुई वटा सवारी चालक अनुमति पत्र समेत बरामद भएको छ। राजु के.सी र बिनोद मणि बस्नेत नामको लाइसेन्स बनाएको देखिएकाले उनलाई ठगी तथा लिखत सम्बन्धि कसूरमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026