भोका भोट बैंक

6 April, 2019

नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय अध्यक्ष भवानी राणाले नेपालमा सुरक्षित लगानीको वातावरण सिर्जना हुन नसकेको बताएकी छन्। २१ औं शताब्दीमा लगानीको माध्यमबाट विभिन्न देशको उन्नति भइसकेको अवस्थामा नेपालमा भने लगानीको वातावरण सिर्जना हुन नसक्दा लगानीकर्ताहरू पलायन भइरहेको बताइन्।

 

अध्यक्ष राणाले शुक्रबार नुवाकोटको विदुरमा नुवाकोट उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशनको उद्घाटन गर्दै सरकारले देशमै लगानीमैत्री वातावरण सिर्जना गर्न सक्नु पर्ने बताइन्। उनले  स्वदेशमै लगानी गर्ने उचित वातावरण बनाएर लगानीकर्ताको लगानी सुरक्षा र प्रवर्द्धन गर्ने किसिमका कार्यक्रम ल्याउनु पर्ने बताइन्। राणाले लगानीमैत्री वातावरण नहुँदा व्यवसायीहरूले नाफा भन्दा घाटा व्यहोर्नु पर्ने अवस्था आएको बताइन्।

 

साधारण सभामा अध्यक्ष ताराबहादुर कार्कीले वार्षिक प्रतिवेदन, महासचिव दीपक कायस्थले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीता अमात्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ती प्रतिवेदनमाथि दफावार छलफल सुरु भएको छ। १०औ अधिवेशनबाट तीन वर्षका लागि नयाँ नेतृत्व चयनको लाग शनिवार निर्वाचन हुँदैछ। निर्वाचनमा ताराबहादुर कार्कीको प्यानल र रमेश श्रेष्ठको प्यानल चुनावी मैदानमा उत्रिएका छन्।

 

नेपाली कांग्रेस समर्थित व्यवसायीको नेतृत्व वर्तमान अध्यक्ष ताराबहादुर कार्कीले गरेका छन् भने नेकपा नेतृत्व व्यवसायीहरुको नेतृत्व रमेश श्रेष्ठले गरेका छन्। रमेश श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रामकृष्ण राजभण्डारी, प्रथम उपाध्यक्षमा उसनमात्र श्रेष्ठ, द्धितीय उपाध्यक्षमा लिडर श्रेष्ठ, महासचिवमा दीपक कायस्थ, सचिवमा राजु बोगटी, कोषाध्यक्षमा राजाराम अधिकारी र प्रवक्तामा श्यामसुन्दर श्रेष्ठ उम्मेदवार रहेका छन्।

 

श्रेष्ठ प्यानलमा सदस्यहरुमा शर्मिला अर्याल, विष्णुमाया डंगोल, लक्ष्मीकुमारी प्रधान, पवन नेपाल, रामधन ढकाल, सन्जिव थपलिया, नारायण पौडेल, ईश्वर पौडेल, श्यामकुमार कुँवर, सेलबोन तामाङ, दीपक तिमल्सिना, विनयप्रसाद लामिछाने, वस्तुगत सदस्यमा बुद्धीसागर रिजाल र प्रकाश भण्डारी चुनावी मैदानमा उत्रिएका छन्।

 

ताराबहादुर कार्की अध्यक्षको उम्मेदवार भएको प्यानलमा वरिष्ठ उपाध्यक्षमा गीता अमात्य, प्रथम उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, द्धितिय उपाध्यक्षमा सन्तोष उप्रेती, महासचिवमा कृष्ण अधिकारी, सचिवमा उपेन्द्र बुढाथोकी, कोषाध्यक्षमा दिनेश श्रेष्ठ र प्रवक्तामा सविन राजभण्डारी उम्मेदवार रहेका छन्।

 

कार्की प्यानलमा सदस्यहरुमा लिस्ना प्रधान श्रेष्ठ, ज्ञानुमाया गिरी, अन्जली राजभण्डारी, निरोजकुमार खड्गी, मधुसुदन थपलिया, उद्धवराज पन्त, सुचित जोशी, मेघनाथ घिमिरे, सुमन भण्डारी, गगन लामा, विष्णु पोखरेल, सरोज श्रेष्ठ र वस्तुगत सदस्यमा ध्रुवकुमार रावल र उत्तमुकुमार ढकाल चुनावी मैदानमा उत्रिएका छन्। संघमा एक हजार ८०० मतदाता छन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024