भाषा परीक्षा फाराम भर्ने म्याद दुई दिन थप

4 January, 2024

काठमाडौँ, पुस १९ गते । सरकारले पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकस्तरको निर्णय अनुसार आवेदन दिने समय दुई दिन थप गरिएको हो ।

यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म फाराम भर्न पाउने गरी समय तोकिएकामा अहिले दुई दिन थप गरी पुस २० सम्म पुर्‍याइएको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले जनाएको छ ।

गत शुक्रबार बालकुमारीमा भएको अप्रिय घटनामा परी दुई जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिप बिल्डिङमा फाराम भरेका परीक्षार्थीसमेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको छ ।

अर्कोतर्फ फाराम भर्न सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समेतका मानवीय संवेदनालाई ध्यानमा राखी समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024