भारत हुँदै कुवेतलगायत मुलुक लैजान लागिएका ४७ महिलाको उद्धार

25 July, 2025

सन्जु पौडेल

तिलोत्तमा — भारत हुँदै कुवेतलगायत मुलुक लैजान लागिएका ४७ नेपाली महिलाको उद्धार गरिएको छ ।

उनीहरूलाई बिहीबार साँझ ८:३० बजे जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्री, २७ नम्बर गण रुपन्देहीका सहायक प्रहरी उपरीक्षक मेखराज जोशी लगायतको टोलीले नाकाबाट नेपाल प्रवेश गराई जिल्ला प्रहरी कार्यालय भैरहवामा ल्याएको हो ।

उनीहरूलाई प्रवेश रेकर्ड राखेपश्चात् आजै काठमाडौंस्थित मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइने जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार उनीहरूलाई बा.प्र.०१-००६-ख ७५४६ नम्बरको बसमा नेपाल भित्र्याइएको हो ।

उद्धार गरिएका महिला नेपालका विभिन्न स्थानका २२ वर्षदेखि ३२ उमेर समूहका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024