भारतबाट फर्किएकी महिलाको कोरोनाले मृत्यु

20 April, 2021

गणेश विशु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमित रुकुम पश्चिममा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको छ। रुकुम पश्चिमस्थित मुसीकोट नगरपालिका–७ की ४० वर्षीया ती महिलाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो। 

रोजगारीका लागि भारत गएकी ति महिला एक साता अघिमात्र घर फर्किएकी थिइन्। भारतको तीव्ररुपले कोरोना भाइरस फैलिन थालेपछि उनी घर फर्किएकी परिवारले जनाएको छ।  

ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मृतक महिला शनिबार अस्पताल पुगेकी जिल्ला अस्पताल सल्लेका फोकल पर्सन इश्वर रावलले जनाए। ‘सोमबार बिहान अकस्मात ज्वरो बढी भइएर बेहोस हुनुभयो,’ उनले भने, ‘पछि उहाँको मृत्यु भयो।’ परिवारका सदस्य उनका छोरा र ससुराको पनि कोरोना परीक्षण गरिएको फोकल पर्सन रावलले बताए। मृतक महिलाका श्रीमान् रोजगारीका लागि तेस्रो मुलुकमा छन्।

जिल्ला अस्पताल सल्लेका अनुसार सोमबार त्रिवेणी गाउँपालिकामा दुईजना कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024